Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रास्वपाको आकस्मिक केन्द्रीय समितिको बैठक बस्दै

रास्वपाको आकस्मिक केन्द्रीय समितिको बैठक बस्दै

  • मंगलवार, मंसिर ४ २०८१

  • 703
    SHARES

  • रास्वपाको आकस्मिक केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी उपसभापति डोलप्रसाद अर्यालले आज साँझ ५ः३० बजे बस्ने गरी केन्द्रीय समितिको आकस्मिक बैठक बोलाउनु भएको हो।

    केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा केन्द्रीय समिति सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। उपसभापति अर्यालले केन्द्रीय कार्यालयमा उपस्थित १४ जना केन्द्रीय समितिका नेताको सुझावमा बैठक आह्वान गर्नुभएको छ।

    बैठकको एजेन्डा भने खुलाइएको छैन। सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले सरकारले प्रतिशोध राखेको भन्दै सडक आन्दोलन गरिरहेको छ। सभापति लामिछाने पक्राउ परेपछि रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन।


    मंगलवार, मंसिर ४ २०८१०५:१९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij