Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

साहसिक पर्यटनका लागि नगरकोट जिपलाइनमा बढ्दो आर्कषण

साहसिक पर्यटनका लागि नगरकोट जिपलाइनमा बढ्दो आर्कषण

पर्यटकको सुविधाको लागि जिपलाइनसँगै होटल पनि सञ्चालनमा
  • मंगलवार, मंसिर ४ २०८१

  • 821
    SHARES

  • साहसिक पर्यटनका लागि नगरकोट जिपलाइनमा बढ्दो आर्कषण

    काठमाडौं । साहसिक पर्यटकीय गतिविधीका रुची राख्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि नगरकोटमा सञ्चालित जिपलाइन नयाँ आर्कषक गन्तव्य बन्न थालेको छ ।

    नेपालमा सञ्चालित जीपलाइन मध्य सबैभन्दा लामो जिपलाइन दाबी गरिएको नगरकोट जिपलाइनको लम्बाई १ हजार ९ सय ५० मिटर लामो छ ।

    चाँगुनाराणय नगरपालिका -७ मा माथिल्लो स्टेशन तथा चाँगुनाराणण- ६ मा तल्लो स्टेशन राखिएको जिपलाइनको गतवर्ष नै उद्घाटन गरिएको थियो ।

     यद्यपी जीपलाइनको लागि आवश्यक सम्पूणर् सामग्री आयात गरि अहिले पूणर् क्षमतामा सञ्चालन गर्न थालेपनि जिपलाइनमा पर्यटकको आर्कषण बढिरहेको जिपलाइनका सञ्चालक केदार थापाले जानकारी दिनुभयो ।

    भक्तपुरबाट ८ किलोमिटरको दुरीमा रहेको र काठमाडौँबाट २० किलामिटर दुरीमा रहेको नगरकोट जीपलाइन टेकअफ पोइन्टबाट ल्यान्डिङसम्म २ मिनेटको समय अवधिमा आकाशमा चराजस्तै उडेर जीपलाइनको मजा लिन सकिन्छ ।

    सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकलाई यो जीपलाइन नयाँ प्रडक्टका रूपमा रहेको जिपलाइनका सञ्चालक थापाले बताउनु भयो । “नगरकोटमा आन्तरिक एवं वाह्य पर्यटक चाप अत्यधिक हुने भएकाले त्यसैलाई मध्यनजर गरी नेपाल कै सबैभन्दा लामो जिपलाइन सुरु गरिएको छ । जीपलाइनमा ‘ क्लासिक तथा सुपरम्यान ’ सञ्चालन भइरहेको छ भने आगामी दिनमा ‘ कपल सुपरम्यान ’ सुपरम्यानको तयारी गरिएको छ । यो पनि छिट्टै सञ्चालनमा आउने छ । जसबाट वाह्य पर्यटकको समेत यसले ध्यान तान्ने हाम्रो अपेक्षा छ ।” सञ्चालक थापाले भन्नुभयो ।

    जिपलाइनको लागि हाल नेपालीलाई प्याकेजमा ४ हजार ५ सय रुपैयाँ र विदेशीका लागि प्रतिव्यक्ति ५० अमेरिकी डलर निर्धारण शुल्क तोकिएको कम्पनीले जानकारी दिएको छ । धुलिखेलमा पनि धुलिखेल जिपलाइन सञ्चालन गरिरहेका थापाले प्रेमबहादुर बस्नेतसंगको साझेदारीमा सोही स्थानमा होटल प्रेम दरबार पनि सञ्चालनमा ल्याउनु भएको छ ।

    करिब ५ करोड लगानीमा जिपलाइन र १० करोड बढिको लगानी गरि सो परियोजनामा १५ करोड रुपैया भन्दा बढि रकम लगानी भइसेकेको होटल सञ्चालक प्रम बहादुर बस्नेतले जानकारी दिनुभयो ।

    डिलक्स र स्ट्यान्डर्ड गरी दुई खालका कोठा उपलब्ध रहको होटलमा आउने पर्यटकका लागि सकेसम्म आफ्नै फार्म हाउसबाट उप्पादित वस्तु प्रयोग गर्ने गरिएको बस्नेतले जानकारी दिनुभयो ।

    “सकेसम्म आफ्नै बारीमा उत्पादन भएको परिकार दिन सकियोस भनेर होटल नजिकै रहको फार्म हाउसमा तरकारी खेती गर्नुका साथै तथा बाख्रा,हाँस कुखुरा तथा खरोयो पालन गरिएको छ । स्थानीय किसानबाट उत्पादिन दुधबाट खुवा प्रर्वद्धन गरिएको छ । ” बस्नतेले जानकारी दिनुभयो ।

    काठमाण्डौ नकिकै रहेको पर्यटकीय केन्द्र नगरकोटमा जीपलाइनसंगै बझिनी ड्याम,रानी झुला जस्ता पर्यटकीय स्थान रहेकोले पछिल्लो समय सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढ्दै गएको स्थानीय व्यवसायीको भनाई छ ।

    c6d4c6ac-dbf7-4902-a94f-aaa37fb6ae9c.jfif

    11804826-280f-400d-ab39-c96125802e4d.jfif


    मंगलवार, मंसिर ४ २०८१०३:२२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij