काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ७ बजे ७ मिनेट घन्टी बजाउँदैछ। भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोध विरुद्ध घन्टी बजाउन लागिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।
आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुवात भएको दुई वर्ष पुगेको भन्दै रास्वपाले खबरदारीस्वरुप घन्टी बजाउन लागेको झाले जानकारी दिनुभयो। २०७९ सालको आम निर्वाचनबाट राजनीतिको मूलधारमा उदाएको रास्वपा मुलुकको चौथो ठूलो दल हो।
कार्यवाहक प्रवक्ता झाले भन्नुभयो,‘आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन सबैमा अनुरोध गर्दछौं ।’