Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीलाई भेट्दै देउवा

प्रधानमन्त्री ओलीलाई भेट्दै देउवा

  • मंगलवार, मंसिर ४ २०८१

  • 572
    SHARES

  • प्रधानमन्त्री ओलीलाई भेट्दै देउवा

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटघाट हुने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे चार बजे छलफल हुन लागेको स्रोतले जनाएको हो।

    आज नै साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ । त्यसअघि नै ओली र देउवा शीर्ष नेताहरूसहित बस्न लागेको बुढानीलकण्ठनिकट स्रोतले जानकारी दियो। प्रधानमन्त्रीको भ्रमण, मन्त्रिपरिषदमा हेरफेर लगायतका विषयमा छलफल गर्न पछिल्लो समय देउवा–ओली भेटघाट बाक्लिएको छ ।

    आफ्नो भ्रमण र मन्त्रिपरिषद् हेरफेर लगायतका विषयमा कांग्रेसलाई विश्वासमा लिन प्रधानमन्त्री ओली आफैले पहल गरेर देउवासँग भेटघाट बढाउनु भएको छ । देउवा–ओलीबीचको छलफलपछि नै मन्त्रिपरिषद् बैठकले भ्रमण लगायतका विषयमा निर्णय लिने बताइएको छ ।


    मंगलवार, मंसिर ४ २०८१०२:१३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij