Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई गृहमन्त्री लेखकको निर्देशन

उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई गृहमन्त्री लेखकको निर्देशन

  • मंगलवार, मंसिर ४ २०८१

  • 545
    SHARES

  • उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई गृहमन्त्री लेखकको निर्देशन
    काठमाडौं । गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। मंगलबार(आज) सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरू भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै  गृहमन्त्री लेखकले उपनिर्वाचनलाई  निष्पक्ष शान्तीपूर्णरुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन  दिनुभएको हो ।
     
    उहाँले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताउनुभएको छ ।  उहाँले पहिलो आवश्यकता शान्ति स्थापना गराउनु भएपनि सँगै अनुशासित पनि पर्ने बताउनुभयो।  ‘सबैभन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो। तर, सुरक्षासँगै अनुशासन पनि कायम गराउन जरुरी छ’ उहाँले भन्नुभयो, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो ।’
     
    उहाँले लोकतन्त्र मर्यादित व्यवस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उल्लेख गर्नुभयो। गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागूऔषध नियन्त्रण, आत्महत्या, विपद्, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिनुभयो । 
     
    उहाँले सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै भन्नुभयो, ‘तपाईंहरूले काम गरिराख्नु भएको छ तर, यत्तिले पुग्दैन थप क्रियाशीलता र सक्रिय भएर काम गर्नुस्।सबै समस्या समाधान हुन्छन् ।’
     
    उहाँले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सीमित नभई सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाइने बताउनुभयो।
     
    गृह सचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा सुरू भएको सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल,राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलगायत सुदूरपश्चिमका सुरक्षा निकाय प्रमुख, नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी,सुरक्षा प्रमुखलगायतको सहभागिता छ।


    मंगलवार, मंसिर ४ २०८१०१:५२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij