Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि, शीर्ष नेताहरूले गरे  ढुंगानाको स्मरण (खास खबर)

पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि, शीर्ष नेताहरूले गरे  ढुंगानाको स्मरण (खास खबर)

लोकतन्त्रका लागि खटेको योद्धा रहेको प्रधानमन्त्री ओलीको भनाई
  • सोमवार, मंसिर ३ २०८१

  • 511
    SHARES

  • पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि, शीर्ष नेताहरूले गरे  ढुंगानाको स्मरण (खास खबर)
    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । काठमाडौंस्थित पशुपति आर्यघाटमा उहाँको दिवंगत शरीरलाई श्रद्धाञ्जली अर्पण गरिएको हो । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उहाँको हिजो निधन भएको थियो । ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
     
    उहाँको निधनमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गर्दै सार्वजनिक बिदा समेत दियो । गणतन्त्र स्थापनाका लागि भएको २०६२/०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुंगाना पनि हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले ढुंगाना मुलुकको परिवर्तन र लोकतन्त्रका लागि खटेको योद्धा रहेको बताउनुभयो ।  
     
    कांग्रेस सभापति शेरबहादुर देउवाले ढुंगानाले सदन प्रतिपक्षीको भन्ने कुरा स्थापित गरेर जानुभएको स्मरण गर्नुभयो । सभामुख रहँदा कांग्रेसलाई अप्ठ्यारो पारेको आभास भएपनि उहाँको प्रयास सही रहेको देउवाको स्वीकारोक्ति छ । 
     
    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन अविस्मरणीय योगदान गर्नु भएको बताउनुहुन्छ । प्रचण्डले स्व.ढुंगानालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वको रुपमा नेपाली जनताले सधैँ सम्झी रहने बताउनुभयो । 
     
    २०४८ सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका ढुंगाना सभामुख बन्नुभएको थियो । ०४८ देखि ०५१ सालसम्म उहाँ सभामुख बन्नुभएको हो । सभामुख देवराज घिमिरेले स्वर्गीय दमननाथ ढुंगानाले संसद्लाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुहुन्छ ।  सभामुख घिमिरेले संसद्लाई बलियो बनाउने प्रेरणाको स्रोतका रूपमा स्व. ढुंगानालाई आफूले लिएको बताउनुभयो । 
     
    ०५१ मा समेत चुनाव लड्नुभएका ढुंगाना विजयी बन्न सक्नुभएन । पछिल्लो पटक ०७४ मा भक्तपुर–२ बाट चुनावी प्रतिस्पर्धा गर्नुभएका ढुंगानाले त्यहाँबाट पनि सफल हुन नसकेपछि सक्रिय राजनीतिमा आउन छोड्नुभएको थियो । उहाँको अवसानले मुलुकले एक साझा नेता गुमाएको छ । वि.स. १९९८ सालमा काठमाडौंमा जन्मनु भएका ढुंगानाले पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गर्नुभएको हो । 
     


    सोमवार, मंसिर ३ २०८१०८:१८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij