Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दुई दिन पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय, मंगलबार केन्द्रीय कार्यालय बन्द हुने

दुई दिन पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय, मंगलबार केन्द्रीय कार्यालय बन्द हुने

  • सोमवार, मंसिर ३ २०८१

  • 626
    SHARES

  • दुई दिन पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय, मंगलबार केन्द्रीय कार्यालय बन्द हुने

    काठमाडौं। नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। 

    सोमबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकबाट मंगलबार (भोलि) केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय पनि गरिएको छ ।

    स्वर्गारोहणको १३औँ दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

    पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार (हिजो) बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरिर श्रद्धाञ्जलीका निम्ति सानोगौचरणमा राखिएको छ ।

    मानवअधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका निम्ति ढुंगानाले पु¥याएको योगदान स्मरणीय रहने कांग्रेसले जनाएको छ ।


    सोमवार, मंसिर ३ २०८११२:४४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij