Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सांसद छन्त्यालको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित

सांसद छन्त्यालको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित

  • बुधवार, आषाढ १७ २०७७

  • 1.1K
    SHARES

  • सांसद छन्त्यालको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधनका कारण कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित भएको हो ।

    हिजोको बैठक बुधबार बिहान ११ बजे फेरि बस्ने गरी स्थगित गरिएको थियो । बुधबार बिहान नेतृ छन्त्यालको निधनका कारण बैठक अनिश्चित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँले नेतृ छन्त्यालको दाहसंस्कारपछि दिउँसो बैठक बस्न सक्ने जानकारी दिनुभयो ।

    प्रतिनिधिसभा सांसद छन्त्यालको उपचारका क्रममा बुधबार ५२ वर्षको उमेरमा सहिद गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो । अघिल्लो आइतबार मुटुको तीनवटा भल्ब ब्लक भएपछि छन्त्यालको मुटुको शल्यक्रिया गरिएको थियो ।

    मुटुमा समस्या देखिएपछि प्रतिनिधिसभाको नयाँ नक्सा निशान छापमा समावेश गर्नेसम्बन्धी बैठकमा छन्त्याल अनुपस्थित रहनुभएको थियो । उहाँ अल्पसंख्यक समुदाय (छन्त्याल) बाट कांग्रेसकातर्फबाट समानुपातिक सांसद हुनुभएको थियो । उहाँ २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।

    यसैबीच कांग्रेस संसदीय दलले छन्त्यालको निधनमा गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदन प्रकट गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाणले शोक वक्तव्य जारी गर्दै छन्त्याल राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्र र ग्रामीण विकासका कार्यहरुमा सक्रिय रहँदै आउनुभएको र उहाँको निधनले राष्ट्र र नेपाली कांग्रेसलाई अपुरणनीय क्षति पुगेको बताउनुभएको छ ।


    बुधवार, आषाढ १७ २०७७१२:३६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij