Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल–भारत सशस्त्र बलको बैठक काठमाडौंमा जारी, दुवै देशको सुरक्षा जटिलताबारे छलफल, हरेक समय हाइअलर्ट (खासखबर)

नेपाल–भारत सशस्त्र बलको बैठक काठमाडौंमा जारी, दुवै देशको सुरक्षा जटिलताबारे छलफल, हरेक समय हाइअलर्ट (खासखबर)

  • शनिवार, मंसिर १ २०८१

  • 599
    SHARES

  • नेपाल–भारत सशस्त्र बलको बैठक काठमाडौंमा जारी, दुवै देशको सुरक्षा जटिलताबारे छलफल, हरेक समय हाइअलर्ट (खासखबर)

    काठमाडौं। नेपाल र भारत खुला सीमाना भएका देशहरु हुन्। एकअर्काको देशमा आउजाउ गर्न भिसा, राहदानीको आवश्यकता पर्दैन। नेपाल र भारतको संस्कार र संस्कृतिपनि मिल्दोजुल्दो रहेको छ। भारतसँग सामाजिक, सांस्कृतिक, आध्यात्मिक सम्बन्ध रहीआएको छ ।

    यी दुवै भूमिमा कहीकतै समस्या सिर्जना भयो भने एकअर्कालाई प्रत्यक्ष असर पारिरहेको हुन्छ । त्यसैले पनि दुवै देशको सम्बन्धलाई मजबुद बनाउन र सीमामा हुने विभिन्न अवाञ्छित गतिविधिमा नेपाल भारतको सुरक्षा बलले निगरानी गरिरहेको हुनछ।

    नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) ले सीमा सुरक्षामा महत्वपूर्ण योगदान दिँदै आएका छन्। सुरक्षाविज्ञ हेमन्त मल्लले नेपाल भारतको सम्बन्ध प्राचिन भएको भन्दै सुरक्षाका दृष्टिले दुवै देश संवेदनशील हुनुपर्ने बताउनुभयो।

    एपीएफ र एसएसबी प्रमुखहरूको नेतृत्वमा आजदेखि काठमाडौंमा दुईदिने सीमा सुरक्षा समन्वय बैठक जारी छ। एपीएफ र एसएसबी प्रमुखस्तरीय सीमा सुरक्षा समन्वय बैठक विसं २०६९ सालदेखि दुवै मुलुकले वर्षमा एक पटक पालैपालो आयोजना गर्दै आएका छन्।

    सीमा सुरक्षा, सीमापार अपराध रोकथाम तथा नियन्त्रण,तेस्रो देशका नागरिकको घुसपैठ नियन्त्रण र आतंकवाद नियन्त्रणलाई अझ प्रभावकारी बनाउन बैठक बस्ने गरेको छ। नेपाल–भारतको सीमामा हुने आपराधिक क्रियाकलापमा दुवै देश संवेदनशील हुनुपर्ने नेपाल प्रहरीका पूर्व डिआईजी केशव अधिकारीको भनाइ रहेको छ।

    नेपाल र भारतबीच करिब १ हजार ८ सय ८० किमि लम्बाइमा सीमा फैलिएको छ। कर्णाली प्रदेशबाहेक नेपालका ६ वटा प्रदेशका २७ जिल्ला भारतसँग जोडिएका छन्। एपीएफले भारततर्फ सीमा सुरक्षार्थ २ सय ४४ बोर्डर आउट पोस्ट (बीओपी) खडा गरेको छ ।

    भारतले नेपालतर्फ एसएसबीका स्थायी युनिट र अस्थायी बेससहित ४ सयभन्दा बढी युनिट तैनाथ गराएको छ । दार्चुलाको कालापानी र नवलपरासीको सुस्तासँग जोडिएका मामिलाबाहेकमा मात्रै साझा एजेन्डा बनाएर छलफल गर्ने अधिकार एपीएफ–एसएसबी प्रमुखस्तरीय संयन्त्रलाई दिइएको छ ।

     


    शनिवार, मंसिर १ २०८१०८:०२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij