काठमाडौं । अमेरिकाको जर्जिया राज्यमा फेरी मत गणना हुने भएको छ । राष्ट्रपतीय पदका लागि भएको निर्वाचनमा झिनो अन्तरका साथ जो बाइडेन अघि देखिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उजुरी दिएकाले फेरी गणना हुन लागेको हो ।
मत गणना हातैले गर्ने तयारी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । दुई उम्मेदबारका बीचमा झण्डै १४ हजार मतान्तर रहेको छ ।
विगतमा पनि यसैगरी दोहो¥याएर गरिएका मत गणनाले खासै परिवर्तन नल्याएकाले यस पटक पनि नतिजा उल्टीने संभावना भने कम रहेको धेरैको भनाई छ ।
अहिले गणना हुन थालेको ठाउँमा यदी बाइडेन पराजित भएपनि उहाँसँग २७० भन्दा बढी इलेक्टोरल मत हुने भएकाले पनि उहाँको जित कायमै रहने छ ।
राष्ट्रपतिय निर्वाचनको नतिजा प्रमाणीकरण गर्ने म्याद अनुसार नोभेम्बर २० तारिख भित्रै यो गणनाको काम सक्नु पर्ने संवैधानिक बाध्यता छ । अमेरिकामा यही नोभेम्बर ३ का दिन भएको निर्वाचनको परिणामबाट पराजित भएपनि राष्ट्रपति ट्रम्पले पराजय स्विकार्नु भएको छैन ।
अमेरिकी राजनीतिक इतिहासमै यसलाई दुर्लभ घटना र अमेरिकी लोकतन्त्रका लागि लज्जाको विषयका रुपमा लिइएको छ ।