Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

करको सही सदुपयोगबाट मात्रै समृद्ध राष्ट्र बनाउन सकिन्छः अर्थमन्त्री पौडेल

करको सही सदुपयोगबाट मात्रै समृद्ध राष्ट्र बनाउन सकिन्छः अर्थमन्त्री पौडेल

  • शनिवार, मंसिर १ २०८१

  • 458
    SHARES

  • करको सही सदुपयोगबाट मात्रै समृद्ध राष्ट्र बनाउन सकिन्छः अर्थमन्त्री पौडेल

    काठमाडौं।उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जनताबाट सङ्कलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताउनु भएको छ।

    राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको विषय भएको उल्लेख गर्दै वास्तविक कर संकलनका लागि कर प्रशासनलाई निर्देशन दिनुभयो ।

    कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहभागिता लागत घटाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ ।

    अर्थमन्त्रीले करको दायरा विस्तार गर्न, करदातामैत्री वातावरण सिर्जना गर्ने करदाता सेवाको गुणस्तरमा वृद्धि गर्न, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्न, कर छली र चुहावट रोक्ने लगायतका कार्यमा थप सक्रियता लिन आवश्यक रहेको बताउनभयो ।

    उहाँले कार्य प्रक्रिया सरलीकरण गर्न, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन तथा कार्य विशिष्टिकरणको लागि थप सुधारका पहल कदमी लिन निर्देशन दिनुभयो ।

    यसैगरी सूचना प्रविधिको प्रयोगमा विस्तार एवं सोको गुणस्तरीयता र दिगोपना कायम गर्दै समय र लागत न्यून गरी सेवा प्रवाहमा प्रभावकारिताका लागि थप क्रियाशीलता लिन निर्देशन दिनुभयो ।


    शनिवार, मंसिर १ २०८१०३:००:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij