Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डिजेल र मट्टितेलको मूल्य बढ्यो

डिजेल र मट्टितेलको मूल्य बढ्यो

  • शनिवार, मंसिर १ २०८१

  • 507
    SHARES

  • डिजेल र मट्टितेलको मूल्य बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

    निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

    मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाण्डौ, पोखरा र दिपायलको डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

    इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ३२ पैसा र डिजेलमा दुई रुपैयाँ ५४ पैसा भारुले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


    शनिवार, मंसिर १ २०८१०७:५६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij