Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पर्यटनमन्त्री पाण्डेले दिए कांग्रेसकै सांसदविरुद्ध उजुरी

पर्यटनमन्त्री पाण्डेले दिए कांग्रेसकै सांसदविरुद्ध उजुरी

  • शुक्रवार, कार्तिक ३० २०८१

  • 538
    SHARES

  • पर्यटनमन्त्री पाण्डेले दिए कांग्रेसकै सांसदविरुद्ध उजुरी

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेसकै सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दिनुभएको छ।

    नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहनुभएका मन्त्री पाण्डेले आफूविरुद्ध गलत प्रचार गरेको आरोप लगाउँदै आफ्नै पार्टीका सांसद बजगाँईविरुद्ध पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिनुभएको छ ।

    नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृङ्खलाबद्ध रूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा गलत प्रचार गर्दै आएको मन्त्री पाण्डेले दिनुभएको उजुरीमा उल्लेख छ।

    मन्त्री पाण्डेले अनुशासन समितिमा हिजो र संसदीय दलमा आज उजुरी दिनुभएको उहाँको सचिवालयले जनाएको छ। सांसद बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै गएको मङ्गलवार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो ।


    शुक्रवार, कार्तिक ३० २०८१०४:४३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij