Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीको चिन भ्रमणमा ‘बीआरआई’लाई टुंग्याउनुपर्नेमा जोड, ऋण नभै अनुदानमै लिनुपर्ने सुझाव, सत्तरुढ दलमै छैन एकमत (खासखबर)

प्रधानमन्त्री ओलीको चिन भ्रमणमा ‘बीआरआई’लाई टुंग्याउनुपर्नेमा जोड, ऋण नभै अनुदानमै लिनुपर्ने सुझाव, सत्तरुढ दलमै छैन एकमत (खासखबर)

  • बिहिवार, कार्तिक २९ २०८१

  • 682
    SHARES

  • प्रधानमन्त्री ओलीको चिन भ्रमणमा ‘बीआरआई’लाई टुंग्याउनुपर्नेमा जोड, ऋण नभै अनुदानमै लिनुपर्ने सुझाव, सत्तरुढ दलमै छैन एकमत (खासखबर)

    काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १७ गते (२, डिसेम्बर) मा चीनको राजधानी बेइजिङ जादै हुनुहुन्छ ।

    प्रधानमन्त्री ओलीको चीन भ्रमणमा नेपाल र चीनबिच भएको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अर्थात् ‘बीआरआई’, नेपाल–चीनबीच भएका यस अगाडिका सम्झौता र कार्यान्वयन त्यसैगरि चलिरहेका परियोजना, दुई देशबीचको सम्बन्ध लगायतका विषयमा छलफल हुने स्रोतको दाबी छ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहाको प्रस्तावलाई पनि जोड दिने सरकारले तयारी गरेको छ। नेपाली काँग्रेसका प्रवक्ता तथा पुर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा दुई देशबीचको सम्वन्ध र अनुदान सहयोगलाई कार्यान्वयन गर्ने एजेण्डा हुनुपर्नेमा जोड दिनुहुन्छ ।

    विभिन्न पार्टीका नेता तथा सांसदहरुले नेपाल र चीनबिच भएको ‘बीआरआई’ अन्तर्गत ऋण लिन हुने र नहुने फरक फरक मत राख्दै आएका छन्। नेपालको चाहना बीआरआई परियोजना अनुदानमा सञ्चालित होस् भन्ने छ । तर चीनले अनुदान होइन, ऋणमा सो परियोजना कार्यान्वयन गर्न चाहेको छ ।

    नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ‘बीआरआई’लाई प्रधानमन्त्री ओलीको भ्रमणमा टुङग्याउनुपर्नेमा जोड दिदै धेरै ठुलो प्रोजेक्ट भएकाले सकेसम्म अनुदानको रुपमा लिनुपर्ने बताउनुहुन्छ ।

    चीनको महत्तवकांक्षी परियोजनामध्येको बीआरआईमा नेपाल र चीनबिच सन् २०१७ मेमा सम्झौता भएको थियो । त्यो बेलादेखि बीआरआई विवादमै छ ।

    यो परियोजना ऋण वा अनुदानमध्ये कुन शर्तमा लागु गर्ने भन्नेबारे चीनले स्पष्ट नगरेको नेपालको भनाइ छ । पुर्वअर्थमन्त्री डा. प्रकाशशरण महत पनि चीनसँग बीआरआई अन्तर्गत ऋण लिने कुरा गर्नै नहुने र अनुदानमा लिनुपर्नेमा जोड दिनुहुन्छ ।

    नेपालमा झन्डै एक दशकदेखि रुमलिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाका विषयमा सत्तारूढ दलले निर्णय गर्न नसक्दा अन्योलता बढेको हो ।

    प्रधानमन्त्री ओलीले आगामी मंसिर तेस्रो साता गर्ने चीन भ्रमणमा बीआरआईलाई पहिलो प्राथमिकता बनाएर अघि बढ्न खोजिरहनु भएको स्रोत बताउँछ ।तर, चिनियाँ परियोजना बीआरआईका विषयमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच एकमत हुन सकेको देखिँदैन ।

    दुई दलबीच बीआरआईका विषयमा एकमत हुन नसक्नुको कारण चिनियाँ परियोजना ऋणमा कि अनुदानमा भन्ने विषयले अन्योलता देखिएको हो । नेपालबाट हुने प्रत्येक उच्चस्तरीय भ्रमणमा चीनले बीआरआईमा सम्झौता अघि बढाउन दबाब दिँदै आइरहेको हुन्छ ।

    प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने भएपछि संसदीय समितिले आईतवारका लागि बैठक आह्वान गरेको छ। बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणालाई समेत बोलाउने समितिको तयारी छ।


    बिहिवार, कार्तिक २९ २०८१०८:२१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij