Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘बक्यौता नतिर्ने उद्योगीको पक्षमा निर्णय गर्दा देशकै अर्थतन्त्र समस्यामा पर्दैछ’

‘बक्यौता नतिर्ने उद्योगीको पक्षमा निर्णय गर्दा देशकै अर्थतन्त्र समस्यामा पर्दैछ’

  • बुधवार, कार्तिक २८ २०८१

  • 609
    SHARES

  • ‘बक्यौता नतिर्ने उद्योगीको पक्षमा निर्णय गर्दा देशकै अर्थतन्त्र समस्यामा पर्दैछ’

    काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगीको पक्षमा भएका निर्णयले देशकै अर्थतन्त्र समस्यामा पर्न सक्ने चेतावनी दिनुभएको छ।

    आज पत्रकार सम्मेलन गरेर घिसिङले उद्योगीहरूले नियम अनुसारको बक्यौता तिर्नुको साटो विषयलाई अल्झाएर राजनीति गरिरहेको र यसले गम्भीर अवस्था ल्याउने चेतावनी दिनुभयो।

    उद्योगीले गरेको भावनात्मक कुराको पछाडि लागेर बक्यौता असूल नगर्दा प्राधिकरणको बक्यौता असूलीमा ठूलो प्रभाव परिरहेको घिसिङको भनाइ छ।

    उद्योगहरूको काटेको लाइन जोड्न सरकारले निर्देशन दिएकाले अहिले प्राधिकरणले बक्यौता नतिर्ने अरू उद्योगीको पनि लाइन काट्न नसकेको घिसिङले गुनासो गर्नुभयो।

    अहिले लाइन काट्न पुग्ने प्राधिकरणका कर्मचारीमाथि हातपातसमेत हुन थालेको घिसिङले बताउनुभयो। बक्यौता नतिर्ने उद्योगीलाई देखाएर अरूले पनि बक्यौता नतिर्दा पछिल्ला केही महिनामा प्राधिकरणको बक्यौता असूली २० प्रतिशतले घटेर ८० प्रतिशतसम्म झरेको घिसिङले उल्लेख गर्नुभयो।

    यस्तै अवस्था आएमा निजी उत्पादकहरूबाट प्राधिकरणले किनेको बिजुलीको पैसा भुक्तानी गर्न समस्या हुने र देशकै अर्थतन्त्र समस्यामा पर्ने उहाँको भनाई छ।

    देशमा १८ घण्टाको लोडशेडिङको बेलामा सर्वसाधारण अँध्यारोमा बसेको बेला उद्योगीले बिजुली लिएर फाइदा लिएको र अहिले तिर्दिनँ भन्नु कुनैपनि हिसाबले जायज नभएको उहाँको भनाइ छ।

    यसअघि जारी गरेको डेडिकेटेड र ट्रङ्क लाइनको बिल सही भएको घिसिङको दाबी छ। डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएका उद्योगीहरुले पहिले दिइएको बिलअनुसार नै १५ दिनभित्र बक्यौता रकम तिर्नुपर्ने अडान लिनुभएके छ।


    बुधवार, कार्तिक २८ २०८१०४:३३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij