Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एमालेले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने

एमालेले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने

  • बुधवार, कार्तिक २८ २०८१

  • 889
    SHARES

  • एमालेले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने

    काठमाडौं। नेकपा एमालेले राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ। आगामी मंसिर ७ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख आतिथ्यतामा शक्ति प्रदर्शन गर्ने भएको हो। पोलिटब्युरो सदस्य एवं भक्तपुरका इन्चार्ज महेश बस्नेतले राजधानीको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने बताउनुभयो।

    आज भक्तपुरको सूर्यविनायकमा पार्टी नगर कमिटीको दोस्रो अधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बस्नेतले उक्त शक्ति प्रदर्शनमा उपत्यकाका तीनै जिल्लाका नेता तथा कार्यकर्ताहरूको व्यापक उपस्थिति रहने जनाउनुभयो।

    बस्नेतले सुतिरहेको बाघलाई साना जनावरहरूले चुनौती दिने गरेको उदाहरण दिँदै एमालेको शक्ति प्रदर्शन ती विरोधी गतिविधिहरूको जवाफका लागि हुने बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने उहाँको भनाइ छ।


    बुधवार, कार्तिक २८ २०८१०४:३०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij