Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रास्वपाका १९ सांसदमाथि अवहेलना मुद्दा दर्ता

रास्वपाका १९ सांसदमाथि अवहेलना मुद्दा दर्ता

  • बुधवार, कार्तिक २८ २०८१

  • 680
    SHARES

  • रास्वपाका १९ सांसदमाथि अवहेलना मुद्दा दर्ता

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १९ जना सांसदमाथि नै सर्वोच्च अदालतमा अवहेलना दर्ता भएको छ।

    सभापति रवि लामिछाने पक्राउ परेपछि अदालतको न्यायिक कार्यमा अवरोध पुग्ने गरी प्रदर्शन गरेको, आफ्ना अभिव्यक्तिमार्फत अदालतलाई प्रभावमा पार्ने र धम्क्याउने काम गरेको जिकिर गर्दै लामिछानेबाहेकका रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता गरिएको हो।

    मुद्दामा न्यायाधीशमाथि अप्रमाणित आक्षेप लगाएको दाबी पनि गरिएको छ। यस्तै बागमती प्रदेश सभापति अच्युतम लामिछानेमाथि पनि मुद्दा दायर भएको छ । दरपीठ आदेश बदर भएसँगै अब मुद्दा दर्ताको प्रक्रिया अघि बढ्नेछ।

    सर्वोच्च अदालतले रास्वपाका अधिकांश केन्द्रीय पदाधिकारीमाथि अपहेलना मुद्दा दर्ताको आदेश गरेको छ। सहरजिस्टारको आदेशले दरपीठ भएको मुद्दा दर्ताको आदेश मङ्गलबार भएको हो। न्यायाधीश विनोद शर्माको एकल इजलासले अधिवक्ता अनुपम भट्टराई निवेदक रहेको मुद्दा दर्ताको आदेश गरेको हो।

    लामिछानेबाहेकका रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता गरिएको छ। यस्तै बागमती प्रदेश सभापति अच्युतम लामिछानेमाथि पनि मुद्दा दायर भएको छ। दरपीठ आदेश बदर भएसँगै अब मुद्दा दर्ताको प्रक्रिया अघि बढ्नेछ।

    रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा विरोध प्रदर्शन गर्दै आएको थियो । आज विरोधका दोस्रो चरणको नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी थियो।

    यता सासंदहरुमाथी मुद्दा दर्ता भएपछी रास्वपाले आज दिउँसो दुई बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ।मुद्दा दायरको जानकारी नेताहरूले पाएपछि पत्रकार सम्मेलन स्थगित भएको बुझिएको छ।

     


    बुधवार, कार्तिक २८ २०८१०२:३२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij