काठमाडौं । लगातार दुई दिनसम्म बढेको नेप्से परिसूचक मंगलबार(आज) भने दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा अडिएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। आज ७ अर्ब ८५ करोडभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ। यसदिन ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँमा खरिदबिक्री भयो।
आज फाइनान्स समूहमा आकर्षण देखिएको छ। यस समूह धेरै १.१२ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा गुडविल फाइनान्स सबैभन्दा अघि छ। सो कम्पनीको २९ करोड २८ लाखको सेयर कारोबार भयो। यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः बेस्ट फाइनान्स र आँखुखोला जलविद्युत् परेका छन्।
आज कारोबारमा आएका २४४ कम्पनी मध्ये १५७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८० वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । यस्तै ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।