काठमाडौं । सुप्रिम सहकारीका बचतकर्ताले भैरहवामा विरोध प्रदर्शन गरिरहेका छन् ।
गोर्खा मिडियामा गएको उक्त सहकारीको रकम खर्च गरेरगराएको विषयमा अनुसन्धानमा तानिएका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट ल्याएलगत्तै यहाँ बचतकर्ताले विरोध जनाएका हुन् । अहिले सरकारी वकिल कार्यालयमा रविको बयान भइरहेको छ ।
आफूहरूको बचत फिर्ता पाउनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै उनीहरूले दबाबमूलक प्रदर्शन गरिरहेका छन् । यसअघि छविलाल बन्जाडे जोशीलाई ल्याउँदा पनि बचतकर्ताले प्रदर्शन गरेका छन् ।
संघर्ष समितिका संयोजक छविलाल नेपालका अनुसार कसैको विरोध नभएर आफ्नो न्यायको लागि लडेको बताए ।