Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

मोबाइल बोक्ने हरेक नागरिकसँग सरकार डराएको छ : रास्वपा

मोबाइल बोक्ने हरेक नागरिकसँग सरकार डराएको छ : रास्वपा

  • मंगलवार, कार्तिक २७ २०८१

  • 292
    SHARES

  • मोबाइल बोक्ने हरेक नागरिकसँग सरकार डराएको छ : रास्वपा

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार सभापति रवि लामिछानेसँग मात्र नभई हातमा मोबाइल बोकेर सामाजिक सञ्जाल प्रयोग गर्ने हरेक नागरिकसँग डराएको आरोप लगाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापतिद्वय डिपी अर्याल‚ स्वर्णिम वाग्ले र कार्यवहाक प्रवक्ता मनिष झाले सोमबार पोखरा पुगेर हिरासतमै सभापति रवि लामिछानेलाई भेटे पश्चात् आज एक सन्देश जारी गर्नुभएको छ।

    सन्देशमा उहाँहरूले सरकार वैकल्पिक मिडियाको उपयोग गर्दै बेथिति विरुद्ध आवाज उठाउन थालेपछि राज्य सत्ता धरमराएको र मक्किएको उल्लेख गर्नुभएको छ ।

    साथै सन्देशमार्फत रास्वपाले आम जनतालाई गोलबद्ध भएर एउटा वृहत् अभियान अघि बढाउन अनुरोध गरेको छ । साथै‚ स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा राज्यसत्तालाई खबरदारी गर्न अनुरोध समेत गरेको छ ।


    मंगलवार, कार्तिक २७ २०८१०१:२४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij