Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेश सांसद दीपक मनाङे पक्राउ

गण्डकी प्रदेश सांसद दीपक मनाङे पक्राउ

  • मंगलवार, कार्तिक २७ २०८१

  • 555
    SHARES

  • गण्डकी प्रदेश सांसद दीपक मनाङे पक्राउ

    काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे(राजीव गुरुङ)पक्राउ परेका छन्।आज बिहान उनलाई राजधानीको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)प्रमुख दीपक थापाका अनुसार मनाङेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ। सीआईबी प्रमुख थापाले मनाङेलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो ।

    ज्यान मार्ने उद्योगको कसुरमा गण्डकी प्रदेश सभा सदस्य मनाङे सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। उनलाई ५ वर्ष कैद सजाय हुने फैसला भएको थियो। जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटनबाट दोषी ठहर उनी गत साता सर्वोच्चबाट पनि दोषी ठहर भएका थिए ।

    दुई ग्याङस्टारबीचको झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको २० वर्षपछि गत मंगलबार न्यायालयले अन्तिम फैसला गरेको थियो ।

    तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको हो।यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ ।


    मंगलवार, कार्तिक २७ २०८१११:३३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij