काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप२९)लाई आज सम्बोधन गर्दै हुनुहुन्छ।
अजरबैजानको बाकु शहरमा हिजोदेखी २९औँ शिखर सम्मेलन(कोप–२९) शुरु भएको छ। ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल हिजो बाकु पुग्नु भएको हो। सम्मेलनकै दौरानमा राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले भोलि बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तालिका पनि तय भएको छ।
‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउने राष्ट्रपतिको सचिवालयले जनाएको छ।