काठमाडौं। नेकपा (एमाले)का नेताहरु आज चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणअघि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा १५ जना एमाले नेताहरु चीन भ्रमणमा जान लागेका हुन्।
भ्रमण टोलीमा वरिष्ठ उपाध्यक्ष पोखरेल, एमाले सचिव लेखराज भट्ट, कानुन व्यवसायी सानुराज पोखरेल, एमाले कर्णालीका अध्यक्ष गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी रहनु भएको छन्।
त्यसैगरी प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ, झापाको गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश,प्रचार विभाग सदस्य दीपक ज्ञवाली, केन्द्रीय सल्लाहकार तारा बराल,नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मी पनि भ्रमण टोलीमा रहेका एमालेले जनाएको छ।
चिनियाँ पक्षले प्रधानमन्त्री ओलीको भ्रमणका लागि १७–२१ मंसिर (२–६ डिसेम्बर) को मिति प्रस्ताव गरेको छ।