काठमाडौ।सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागी पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीको पोखराबाट रुपन्देहीको बुटवल लगिँदै छ ।
प्रहरी स्रोतका अनुसार बुद्ध एयरको बिमानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजान लागिएको हो। पोखरामा अनुसन्धान चल्दै गर्दा बुटवलमा पनि उजुरी परेपछि रविलाई बयानका लागि आज बुटवल लैजान लागिएको हो । उनलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले रविलाई कारबाही सिफारिस गरेको थियो। सूर्यदर्शन, साहारा, सुप्रिम, स्वर्णलक्ष्मीलगायत सहकारीबाट गोर्खा मिडियामा ६५ करोडभन्दा बढी रकम आएको र त्यसमा लामिछाने प्रबन्ध निर्देशक भएकाले जवाफदेही हुनुपर्ने माग संसदमै उठेको थियो ।