Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनको तयारीमा दलहरू, सहकार्य गर्नेबारे कसैको स्पष्ट खाका देखिएन (खास खबर)

उपनिर्वाचनको तयारीमा दलहरू, सहकार्य गर्नेबारे कसैको स्पष्ट खाका देखिएन (खास खबर)

माओवादी एक्लै लड्ने, कांग्रेस–एमाले हेर र पर्खको अवस्थामा
  • सोमवार, कार्तिक २६ २०८१

  • 468
    SHARES

  • उपनिर्वाचनको तयारीमा दलहरू, सहकार्य गर्नेबारे कसैको स्पष्ट खाका देखिएन (खास खबर)

    काठमाडौं । आगामी २०८४ सालको आमनिर्वाचनलाई हरेक दलले प्रतिष्ठाको लडाइँका रुपमा चित्रण गरिरहँदा मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई समेत दलहरुले सुक्ष्म रुपमा हेरिरहेका छन् । हालसम्म एक्लाएक्लै निर्वाचनमा होमिने तयारी गरिरहेका दलहरुले गठबन्धनको चाँजोपाँचो मिलाएका छैनन् ।

    एमाले र कांग्रेस सदियौँ देखिका प्रतिपक्षी रहेकोले अहिले उनीहरुकै नेतृत्वमा सरकार हुँदा समेत तालमेलको स्पष्ट खाका आइसकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले एक्लै चुनावमा जाने निर्णय गरिसकेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले हारजित जे भएपनि जनताको सामू आफ्ना एजेण्डाहरु एक्लै प्रस्तुत गर्ने बताउनुभयो । 

    सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि उम्मेदवारको टुंगो लगभग लगाइसकेको छ । एमालेले स्थानीय तहको निर्वाचनमा एक्लै जाने वा सहकार्य गर्ने भन्नेबारे एकिन गरिसकेको छैन । सहकार्य हुनसक्ने स्थानमा कांग्रेससँग लबिङ गर्ने तयारीमा एमाले देखिन्छ । एमालेकी सचिव पद्मा अर्यालले हालसम्म कुनै दलसँग सहकार्यको प्रस्ताव नगरेको दाबी गर्नुभएको छ । बजारमा आएका विषय हल्ला मात्रै रहेको उहाँको भनाइ छ । 

    नेपाली कांग्रेस पनि स्थानीय तहको उपनिर्वाचनमा आफ्नो बलियो उपस्थिति देखाउने रणनीतिमा जुटेको छ । कांग्रेसले हालसम्म एक्लै निर्वाचनमा होमिने तयारी गरिरहेको छ । कांग्रेस नेता एवं सांसद सञ्जय गौतमले विगत हेरेर पार्टीले आफूलाई सुधार्दै लैजानुपर्ने बताउनुभयो । 

    निर्वाचनले दलहरुको परिक्षण गरिरहेको हुन्छ । स्वच्छ निर्वाचनले जनताको आकांक्षलाई समेत प्रतिबिम्वित गरिरहेको हुन्छ । बिडम्बना नेपालमा शान, मान, दण्ड भेदको राजनीतिले जनताको खुसी लुटेको देखिन्छ । अहिलेको निर्वाचनमा दलहरुले एक्लाएक्लै परिक्षण भएर सुध्रिन जरुरी रहेको छ । 

     


    सोमवार, कार्तिक २६ २०८१०७:५६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij