Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कोशीका पूर्वमन्त्री अधिकारी पक्राउको सूचना संसद्‍मा, प्रदेशसभा सदस्यबाट निलम्बित

कोशीका पूर्वमन्त्री अधिकारी पक्राउको सूचना संसद्‍मा, प्रदेशसभा सदस्यबाट निलम्बित

  • सोमवार, कार्तिक २६ २०८१

  • 643
    SHARES

  • कोशीका पूर्वमन्त्री अधिकारी पक्राउको सूचना संसद्‍मा, प्रदेशसभा सदस्यबाट निलम्बित
    काठमाडौं । कोशी प्रदेश सरकार पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ । कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ ।
     
    मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । उनलाई यसअघि एमालेले पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्यबाट पनि निलम्बन गरिसकेको छ ।
     
    प्रदेश सभाले सूचना टाँस गरेर जानकारी दिएसँगै अधिकारी कोशी प्रदेश सांसदबाट निलम्बित भएका छन् । उनी मोरङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट २०७९ को निर्वाचनमा विजयी भएका थिए । उक्त क्षेत्रबाट उनी दुई पटक विजयी भइसकेका छन्।
     
    अधिकारी १७ हजार ५५२ मत ल्याएर विजयी भएका थिए । उनले कांग्रेस उम्मेदवार विनोद कार्कीलाई दुई हजार २०० मतले पराजित गरेका थिए ।
    u_pvZ1N3Sgsf.webp


    सोमवार, कार्तिक २६ २०८१०२:१५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij