काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ। आज बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिनुभयो ।
यद्यपि आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल भने गर्न सकिने ढोका खुलै राखिएको उहाँले बताउनुभयो । यस्तै बैठकले उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।
बैठकले निर्वाचनमा सफलता हासिल गर्न योजना र कार्यक्रम समेत बनाएको छ। उपनिर्वाचन यही मंसिर १६ गते ४४ पदमा हुँदैछ। बैठकले मङ्सिर मसान्तसम्म पालिकासम्म खबरदारी सभा गर्ने र सम्मेलन सँगसँगै गर्ने निर्णय गरेको छ ।