Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कोप–२९ सम्मेलन आजबाट सुरु : यी हुन नेपालले उठाउने ६ एजेण्डा

कोप–२९ सम्मेलन आजबाट सुरु : यी हुन नेपालले उठाउने ६ एजेण्डा

  • सोमवार, कार्तिक २६ २०८१

  • 516
    SHARES

  • कोप–२९ सम्मेलन आजबाट सुरु : यी हुन नेपालले उठाउने ६ एजेण्डा

    काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)सुरु भएको छ। अजरबैजानको बाकुमा सुरु भएको कोप सम्मेलन नोभेम्बर २२ तारिखसम्म चल्नेछ।

    नेपालका तर्फबाट सम्मेलनमा भाग लिन राष्टपति रामचन्द्र पौडेलको नेतृत्वमा टोली हिजै बाकु प्रस्थान गरिसकेको छ। १९२ मुलुकका राष्ट्रप्रमुखदेखि उच्चपदस्थ अधिकारीसामु नेपालले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

    सम्मेलनमा जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि सरकारले मुख्य ६ एजेण्डालाई उच्च प्राथमिता दिएर नेपाली प्रतिनिधिहरु कोपमा उपस्थित भइसकेका छन्।

    वन तथा वातावरण मन्त्रालयसहसचिव डा. बुद्धि पौडेलका अनुसार जलवायु वित्त, जलवायुजन्य हानि नोक्सानी, न्यूनीकरण कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताको छ वटा विषयगत कार्यपत्र तयार भएको छ।

    पौडेलले भन्नुभयो,‘नेपालको राष्ट्रिय स्थितिपत्र पनि तयार गरी कोपमा ल्याइसकेका छौँ, यसमा राष्ट्रिय अवधारणपत्र, जलवायु अनुकूलन, जलवायु वित्त, कृषि र खाद्य प्रणाली, स्वास्थ्य र जलवायु परिवर्तन,ऊर्जा सङ्क्रमण र दक्षता,पानी र जलवायुजन्य कार्य, जलवायुका लागि प्रकृतिलगायत विषयवस्तु समावेश गरिएको छ’,

    गतवर्ष युएइको दुबईमा भएको कोप–२८मा स्थापना गरिएको जलवायुजन्य हानि–नोक्सानी सम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका लागि दबाब दिने तयारी भइरहेको छ।


    सोमवार, कार्तिक २६ २०८१०९:२२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij