Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘अहिलेको भ्रस्ट संरक्षक सरकारले सुशासन दिन सक्दैन’

‘अहिलेको भ्रस्ट संरक्षक सरकारले सुशासन दिन सक्दैन’

  • सोमवार, कार्तिक २६ २०८१

  • 613
    SHARES

  • ‘अहिलेको भ्रस्ट संरक्षक सरकारले सुशासन दिन सक्दैन’

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बर्तमान सरकारले सुशासन दिनै नसक्ने दाबी गरेको छ। पार्टी सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले भ्रष्टहरु संरक्षणमा लागेको वर्तमान सरकारबाट सुशासनको कुनै अपेक्षा गर्न नसकिने ठोकुवा गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेता शर्माले सरकारमै सहभागी मन्त्रीहरु नै मानव बेचबिखन र तस्करीमा लाग्नु, सहकारी प्रकरणजस्तो गम्भिर विषयमा ऋषीकेश पोखरेल र धनराज गुरुङ्गको संलग्नता देखिएपनी संरक्षण गर्नु लगाएतका घटनाक्रमले सरकार आँफै असफल भएको पुष्टि गरको बताउनुभयो।

    नेता शर्माले अहिले सहकारी प्रकरणको अनुसन्धानका लागी हिरासतमा रहेका रास्वपा सभापति रवी लामिछानेमाथी निश्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभयो। यद्यपी लामिछाने पक्राउमा राजनैतिक प्रतिशोधको गन्ध आएको तर्क गर्नुभयो।

    पूर्वमन्त्री शर्माले अहिलेको सरकारले माओवादी नेतृत्वको सरकारले ल्याएका उपलब्धी नष्ट गर्ने अभियानमा लागेको आरोप लगाउनुभयो । तरपनि माओवादी केन्द्र अहिले सरकार ढाल्न नलाग्ने र आगामी ८४ सालको निर्वाचनसम्मै प्रतिपक्षीमा बस्ने जिकिरसमेत गर्नुभयो ।


    सोमवार, कार्तिक २६ २०८१०७:१४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij