Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मानव तस्करी आरोप लागेका कोशीका निवर्तमान मन्त्री अधिकारी हिरासतमा, सरकारले कुनै पनि कसुरवालालाई नछोड्ने जिकिर(खास खबर)

मानव तस्करी आरोप लागेका कोशीका निवर्तमान मन्त्री अधिकारी हिरासतमा, सरकारले कुनै पनि कसुरवालालाई नछोड्ने जिकिर(खास खबर)

  • आइतवार, कार्तिक २५ २०८१

  • 761
    SHARES

  • मानव तस्करी आरोप लागेका कोशीका निवर्तमान मन्त्री अधिकारी हिरासतमा, सरकारले कुनै पनि कसुरवालालाई नछोड्ने जिकिर(खास खबर)
    काठमाडौं । मानव तस्कर गिरोहसँग मिलेमतो रहेको आरोपमा कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । घटना सार्वजनिक भएपछि अधिकारी आफैंले मन्त्री पदबाट राजीनामा दिएका छन् भने एमाले प्रदेश कमिटीले गरेका निलम्बन केन्द्रीय सचिवालयले सदर गरिसकेको छ । राज्यको जिम्मेवार ओहोदामा बसेको व्यक्तिले मानव तस्करीजस्तो अपराधमा मुछिनु घृणित कार्य भएको भन्दै चौतर्फी आलोचना भएपछि अधिकारीलाई आजै पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याइसकेको छ । उनीमाथि भोलिबाट अनुसन्धान थालिने बताइएको छ । एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीको छवि घुमिल पार्ने जो सुकै कारबाहीको दायरामा आउने बताउनुभयो । 
     
    कोशीका बहालवाला मन्त्रीले नै तस्करहरूसँग उठबस गरेको आरोप लागेको छ । यो कार्यले सिंगो नेपालको छविमाथि ठूलो प्रश्न उठेको छ । लीलाबल्लभमाथि अहिले आरोप मात्रै छ, तर उनी यो कार्यमा कसरी आइपुगे भन्ने प्रश्नले नै उनको संलग्नतालाई प्रष्ट्याएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले आफ्नो पार्टीका लाई संरक्षण गर्ने गलत प्रयास भइरहेको बताउँदै विष लागेको औँला काटेरै फाल्नुपर्ने तर्क गर्नुभयो । 
     
    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पुराना दलहरूले राज्यका हरेक निकायलाई आफ्नो पञ्जामा राखेको दाबी गर्नुभयो । कर्मचारीले आफ्नो ड्युटी इमान्दारी साथ गर्दापनि सरकारको ठाडो हस्तक्षेपले कानूनको धज्जी उडाएको उहाँको दाबी छ । 
     
    फौजदारी अभियोग आकर्षित हुने कसुर देखिएपछि अधिकारीमाथि छानबिन शुरु गरिएको छ । शङ्कास्पद कागजातका कारण जापानमा प्रवेश गर्न नदिई फर्काइएको खुलेपछि अधिकारीले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । गिरोहसँग साँठगाँठ गरेको थप तथ्य बाहिरिन थालेपछि उनले शुक्रबार पार्टीको जिम्मेवारीबाट मुक्त गर्न माग गर्दै एमाले प्रदेश कमिटीमा निवेदन दिएका थिए । सोही अनुसार निलम्बनमा परेर उनी अहिले प्रहरी हिरासतमा पुगेका छन् । 
     


    आइतवार, कार्तिक २५ २०८१०६:५३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij