काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । कांग्रेसले विहीबारका लागि निर्धारण गरेको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेको हो ।
विहीबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँले उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला होम आइसोलेसनमा रहेका कारण बैठक सारिएको बताउनुभयो ।
उनिहरुको पिसिआर परिक्षणको रिपोट आएपछि बैठक सुरु हुनेछ । दुबैले आज पिसिआर परिक्षणका लागि स्वाब दिएका छन् ।
केही दिनअघि केन्द्रीय कार्यसमिति बैठकका लागि गरिएको कोरोना परीक्षणका क्रममा दुबै नेताको सुरक्षार्थ खटिएका दुईजना सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो । सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उपसभापति निधि र नेता सिटौला होम आइसोलेसनमा बसेका छन् ।