Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कास्की अदालतमा रविको बहस सकियो, केहीबेरमा आदेश आउँदै

कास्की अदालतमा रविको बहस सकियो, केहीबेरमा आदेश आउँदै

  • आइतवार, कार्तिक २५ २०८१

  • 1.0K
    SHARES

  • कास्की अदालतमा रविको बहस सकियो, केहीबेरमा आदेश आउँदै
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बहस सकिएको छ । आइतबार कास्की अदालतमा बहस सकिएसँगै केहीबेरमा आदेश आउने भएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि लामिछानेलाई आज पुनः म्याद थपको लागि अदालत लगिएको थियो । 
     
    कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा रविको पक्षबाट ३ जना, सरकारी वकिल ३ जना र पीडित पक्षका २ जना वकिले बहस गरेका थिए । आजको बहसमा न्यायाधीशले पनि धेरै पटक प्रश्न गरेका थिए ।
     
    रवि पक्षका वकिलहरूले थुनिराख्नुपर्ने आधार  प्रमाण नभएकोले छोड्नुपर्ने माग गरे भने सरकारी वकिलहरूले थप अनुसन्धान आवश्यक पर्ने भएकोले म्याद चाहिने बताए ।
     
    रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको थियो ।  उनीविरुद्ध सहकारी  ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ ।
     


    आइतवार, कार्तिक २५ २०८१०३:५३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij