Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय नियुक्त

सर्वोच्चको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय नियुक्त

  • आइतवार, कार्तिक २५ २०८१

  • 770
    SHARES

  • सर्वोच्चको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय नियुक्त
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका दुईजना न्यायाधीश नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई आइतबार(आज) सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।
     
    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका मुख्य न्यायाधीश निरौला र पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेको शीतल निवासले जनाएको छ ।
     
    यसअघि शुक्रबार सर्वोच्च अदालतका दुवैजनाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्म अनुमोदन गरेको थियो । दुवै प्रस्तावित न्यायाधीशहरूले कार्ययोजना सांसदहरूलाई सुनाएपछि उनीहरूको नाम सर्वोच्चको न्यायाधीशमा अनुमोदित भएको थियो ।
     
    सुनुवाइ समितिले गत असोज १५ गते सूचना निकालेर न्यायाधीशहरूविरुद्ध उजुरी मागेको थियो । प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध २ वटा उजुरी थिए । तिनको सुनुवाइपछि नाम अनुमोदन गरिएको हो । उता पाण्डेविरुद्ध कसैले उजुरी दिएका थिएनन् ।
     
    निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए । न्यायाधीशमा अनुमोदन भइसकेपछि निरौला प्रधानन्यायाधीशको रोल क्रममा पुग्ने बताइएको छ ।
     
    निरौला कम्तीमा १२ वर्षसम्म सर्वोच्चमा रहनुहुने छ । यस्तोमा उहाँ प्रधानन्यायाधीश हुन सक्नुहुने छ । उहाँ टेकप्रसाद ढुंगानापछि प्रधानन्यायाधीश हुने गरी सिफारिस गरिएको हो ।
     
    तलमाथि नभएमा ढुंगाना २०९३ पुस ६ मा ६५ वर्षे उमेर हदका कारण अवकाश जानुहुने छ । ढुंगाना अवकाशमा गएपछि निरौला २०९३ पुस ६ देखि माघ २५ गतेसम्म प्रधानन्यायाधीश हुन सक्नुहुने छ ।


    आइतवार, कार्तिक २५ २०८१०३:१८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij