काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले यसअघि नै संसदीय सुनुवाइ पूरा भइसकेका प्राडा कृष्ण प्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाको राजदूत पदमा नियुक्त गर्नुभएको हो।
राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेको शीतल निवासले जनाएको छ ।