Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रविलाइ चौथोपटक म्याद थपका लागी अदालत लगियो

रविलाइ चौथोपटक म्याद थपका लागी अदालत लगियो

  • आइतवार, कार्तिक २५ २०८१

  • 635
    SHARES

  • रविलाइ चौथोपटक म्याद थपका लागी अदालत लगियो

    काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेश गरेको छ।

    प्रहरीलाई अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो। १४ गतेदेखि गणना हुनेगरी प्रहरीले पाएको म्याद सकिएपछि आज पुनः अदालत उपस्थित गराइएको हो।

    उनीविरुद्ध सहकारी ठगी,सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ।आज लामिछानेसँगै गोर्खा मिडिया नेटवर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, जिवि राई निकट मानिएकी लिला पछाई र रामबहादुर खनाललाई पनि अदालत उपस्थित गराएको हो।

    पार्टी सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्दैछ। रास्वपा जिरोमा भेला भएर वाइचोकमा पुगेर सभा आयोजना गर्दैछ। यसअघि वाइचोकमा पटकपटक प्रहरीसँग झडप भएको थियो।


    आइतवार, कार्तिक २५ २०८११०:४२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij