काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आजदेखी दोश्रो चरणको आन्दोलन थप सशक्त पार्ने भएको छ। रास्वपा केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले आजदेखी आँफुहरुले थप सशक्त रुपमा आन्दोलन गर्ने तयारी रहेको बताउनुभयो।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा सांसद पराजुलीले सरकारले रास्वपा र पार्टी सभापति रवी लामिछानेमाथी प्रतिशोध साँधेकोले रास्वपा बाध्य भएर सडकमा उत्रिनु परेको बताउनु भयो।
सांसद पराजुलीले अव रास्वपाले मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध,सहकारी पीडित,लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा दोस्रो चरणको आन्दोलन हुने बताउनुभयो ।
उहाँले सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको ठोकुवा समेत गर्नुभयो ।