Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘अहिलेका नयाँ पुराना कुनै पनि पार्टीबाट देश बन्दैन’ : अध्यक्ष केसी

‘अहिलेका नयाँ पुराना कुनै पनि पार्टीबाट देश बन्दैन’ : अध्यक्ष केसी

  • आइतवार, कार्तिक २५ २०८१

  • 419
    SHARES

  • ‘अहिलेका नयाँ पुराना कुनै पनि पार्टीबाट देश बन्दैन’ : अध्यक्ष केसी

    काठमाडौं। राष्ट्रिय जनमोर्चाले पुराना दलहरु भन्दा नयाँ भनिएका राजनैतिक दलहरु झनै भ्रष्ट भएको आरोप लगाएको छ। पुराना दलको विकल्प भन्दै आम जनमानसमा भ्रम छरेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा झनै भ्रष्ट बन्दै जाँदा देश थप भुमरीमा परेको अध्यक्ष चित्रबहादुर केसीले आरोप लगाउनु भयो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्ने क्रममा अध्यक्ष केसीले सहकारीको रकम अपचलनमा अनुसन्धानका लागी हिरासतमा रहेका रास्वपा सभापति रवी लामिछाने र उनको दलका नेताहरु सबै अहिले अनुसन्धान प्रभावित पार्न र पुराना दलहरुले जस्तै आँफुहरुले पनि भ्रष्ट्राचार गर्न पाउनुपर्ने उद्देश्यमा लागेको टिप्पणी गर्नुभयो ।

    अध्यक्ष केसीले कांग्रेस, एमाले, माओवादी जस्ता पुराना दलहरु जिम्मेवार नबन्दा देश थला परेको बताउनुभयो।आफ्ना पार्टीका जस्तासुकै अपराधीलाई पनि बचाउने पुराना दलको प्रवृति नसच्चिएसम्म र सबै कारबाहीको दायरामा नआएसम्म देश थप दलदलमा फस्ने दाबी गर्नुभयो।

    अहिले देश विकराल अवस्थामा गुज्रिरहेको समयमा नयाँ र बैकल्पीक भन्दै नेपालमा उदाएका वर्तमान कुनै पनि पार्टीबाट देश नबन्ने अध्यक्ष केसीले ठोकुवा गर्नुभयो ।


    आइतवार, कार्तिक २५ २०८१०८:४३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij