Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रवि पक्राउविरुद्ध दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

रवि पक्राउविरुद्ध दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

  • शनिवार, कार्तिक २४ २०८१

  • 762
    SHARES

  • रवि पक्राउविरुद्ध दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । दोस्रो चरणमा ‘संयुक्त सशक्त’ आन्दोलन गरिने पार्टीले जनाएको छ ।
     
    शनिबार(आज) केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकबाट विभिन्न तीन निर्णय गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
     
    ‘रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्ति विरुद्ध साथै साझा राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आमनेपाली जनतामा हार्दिक आह्वान गर्ने,’ बैठकको निर्णयमा उल्लेख छ । दोस्रो चरणको आन्दोलनको मिति भने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छैन ।
     
    लामिछानेविरुद्ध गरिएको कारबाहीलाई रास्वपाले राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर समेत गरेको छ । उक्त कार्यको भर्त्सना गरिएको छ । ‘यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ,’ निर्णयमा भनिएको छ ।
     
    लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । उनलाई यही कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।
     
    यस्तै, सहकारी नियमनको अवस्था यकिन गरी कार्ययोजना बनाएर पीडितको सरोकारबमोजिम बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमको अगुवाइ गर्ने निर्णय गरिएको छ ।
     
    स्थानीय जनजीविकाका समस्या, राजनीतिक प्रतिशोध, बेथिति र संगठित भ्रष्टाचारका विरुद्ध जागृति फैलाउने अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको झाले जानकारी दिनुभयो ।
    asdf-1731158287.jpg


    शनिवार, कार्तिक २४ २०८१०७:५८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij