Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

एमाले सचिवालय बैठक आज, यस्तो छ कार्यसूची

एमाले सचिवालय बैठक आज, यस्तो छ कार्यसूची

  • शनिवार, कार्तिक २४ २०८१

  • 430
    SHARES

  • एमाले सचिवालय बैठक आज, यस्तो छ कार्यसूची

    काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकमा स्थानीय तह उपनिर्वाचनबारे निर्णय गर्ने कार्यसूची छ।

    मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि तयारी तथा उम्मेदवारको टुंगो लगाउन सचिवालय बैठक बोलाएको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

    एमालेले कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको छ। एमालेले नगरपालिका र गाउँपालिकाको वडाध्यक्षको उम्मेदवार सम्बन्धित पालिका तहको कमिटीको सिफारिसमा जिल्लाले नै टुंग्याउने छ।

    महानगरपालिका र उपमहानगरपालिकाका वडा तथा नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सम्बन्धित कमिटी र जिल्लाको सिफारिसमा प्रदेश कमिटीले टुंग्याउने गौतमले बताउनुभयो। बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्रबारे पनि छलफल हुने बताइएको छ।


    शनिवार, कार्तिक २४ २०८११०:२६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij