Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

युवाहरु जापान पठाएर मोटो रकम असुल्ने पूर्वमन्त्री अधिकारीको दाबी: ‘आरोप लाग्दैमा कोही दोषी हुँदैन’

युवाहरु जापान पठाएर मोटो रकम असुल्ने पूर्वमन्त्री अधिकारीको दाबी: ‘आरोप लाग्दैमा कोही दोषी हुँदैन’

‘दोषी भए मलाइ जेल हालियोस्, कसैले प्रमाण ल्याए आत्महत्या समेत गर्न तयार छु’
  • शुक्रवार, कार्तिक २३ २०८१

  • 462
    SHARES

  • युवाहरु जापान पठाएर मोटो रकम असुल्ने पूर्वमन्त्री अधिकारीको दाबी: ‘आरोप लाग्दैमा कोही दोषी हुँदैन’

    काठमाडौं। नक्कली परिचयपत्र बनाएर युवाहरुलाई जापान पठाउँदै मोटो रकम असुल्दै गर्ने गिरोहको नेतृत्व गरेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आँफुलाई फसाउने प्रपञ्च रचिएको आरोप लगाएका छन्।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा अधिकारीले आँफुलाई यसबारे कुनै जानकारी नै नदिइ फसाउने रणनीतिले आँफुमाथी गरोह सक्रिय भएको र कसैमाथी पनि आरोप लाग्दैमा दोषी ठहर नहुने दाबीसमेत गरेका हुन्। अधिकारीले कसैले आँफु दोषी ठहर हुनेगरी प्रमाण लिएर आए आत्महत्यासमेत गर्न तयार रहेको बताए ।

    अधिकारीले आँफु कानुनको पालना गर्ने व्यक्ति भएकोले आरोप पुष्टी भए र आँफु दोषी ठहर भए हदैसम्मको कारबाही भोग्न तयार रहेको बताएका छन् । उनले नेपालमा गृहमन्त्री तथा उपप्रधानमन्त्रीहरुसमेत जेल गएको उदाहरण दिँदै आँफु पनि दोषी देखीए आजिवन जेल सजाय भोग्न तयार रहेको बताएका छन् ।

    अधिकारी कानुनमन्त्री रहेका बेला उनकै नेतृत्वमा जापान जाने युवाहरूलाई नक्कली परिचयपत्र बनाइदिएर जापान पठाउँदै प्रतिव्यक्ती १० देखि १३ लाखसम्म रकम असुलेको पाइएको छ ।

    प्रहरीको जारी अनुसन्धानबाट नक्कली परिचयपत्रमा मन्त्री अधिकारीले नै ‘निमित्त कार्यालय प्रमुख’ का रुपमा हस्ताक्षर गरेर दुई जनालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै कर्मचारी र एक जनालाई वडा सदस्यका रूपमा जापान उडाइएको खुलेको छ।

    त्यसरी अधिकारीसँगै जापान गएका कञ्चन देवकोटा, दावा शेर्पा र जनक राईको कागजात शंकास्पद देखिएपछि चारै जनालाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाटै फिर्ता गरिदिएपछी उनीहरू फर्केर शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । यहाँको अध्यागमनले अधिकारीलाई कागज गराएर छाडेको थियो भने अन्य तीन जनालाई प्रहरीको जिम्मा लगाएको थियो ।

    अधिकारीले भने आफूसँग जापान पुगेका तीनै जनासँग भएको परिचयपत्रमा आफ्नै हस्ताक्षर देखिएको तर त्यसबारे आफू जानकार नभएको दाबी गरेका छन् । उनले भने, ‘मैले अहिलेसम्म अंग्रेजीबाट हस्ताक्षर गरेको छैन, त्यो हस्ताक्षर मेरो पनि होइन, नक्कली परिचयपत्र बनाएर मेरो हस्ताक्षर किर्ते गरिएको हो ।’ प्रहरीका अनुसार परिचयपत्र बागबजारमा बनाइएको खुलेको छ ।

     

     


    शुक्रवार, कार्तिक २३ २०८१०८:४०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij