काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले राज्य जनउत्तरदायी बन्ने विश्वास व्यक्त गर्नुभएको छ।देशमा सुशासन र अमनचयन कायम गर्नका लागी र अनियमितता नियन्त्रण गर्न सोचेअनुसारको कदम चाल्न सरकार, प्रधानमन्त्री र मन्त्रीहरु अझै जिममेवार पूर्ण रुपले प्रस्तुत हुनुपर्ने उहाँको भनाई छ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानी गर्दै सभापति खतिवडाले उच्च ओहदामा बसेर शक्तिको दुरुपयोग गर्ने जोकोही पनि कारबाहीको दायरामा आउनुपर्ने र आउने जिकिर समेत गर्नुभयो।
पछिल्लो समय सरकारले सहकारीको रकम दुरुपयोग प्रकरणमा मुछिएका कांग्रेस सांसद धनराज गुरङ्ग र एमाले सांसद ऋषीकेश पोखरेललाई संरक्षणको आरोप लागेको भन्दै उनिहरु पनि अनुसन्धानको भागिदार रहेको र कानुनअनुसारको दायरामा आउने बताउनु भयो।उहाँले धनराज, ऋषीकेष, रवी लामिछाने मात्रै नभएर मानव तस्करीको भुमिका निभाउने उपसभामुख इन्दिरा राना र कोशिका निवर्तमान कानुनमन्त्री लिलाबल्धव अधिकारीसम्मलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो।
फरक प्रसङ्गमा उहाँले आजदेखी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदा भएको चरम हवाइ भाडावृद्धीले सबैभन्दा बढी नेपाली श्रमीकलाई मारमा परेको भन्दै यसतर्फ आँफुले पनि राज्यको ध्यानाकर्षण गराउने बताउनुभयो। यसबारे छिटै पर्यटनमन्त्री बद्री पाण्डेलाई समिति बैठकमा बोलाएर जवाफ माग्ने बताउनु भयो।