Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एमाले–कांग्रेसद्वारा सुशासन र स्थायित्वका लागि भन्दै संयन्त्र निर्माण, कार्यदलको संयोजन पालैपालो गर्ने, उपनिर्वाचनमा गठबन्धनको बहस हुँदै (खासखबर)

एमाले–कांग्रेसद्वारा सुशासन र स्थायित्वका लागि भन्दै संयन्त्र निर्माण, कार्यदलको संयोजन पालैपालो गर्ने, उपनिर्वाचनमा गठबन्धनको बहस हुँदै (खासखबर)

  • बिहिवार, कार्तिक २२ २०८१

  • 534
    SHARES

  • एमाले–कांग्रेसद्वारा सुशासन र स्थायित्वका लागि भन्दै संयन्त्र निर्माण, कार्यदलको संयोजन पालैपालो गर्ने, उपनिर्वाचनमा गठबन्धनको बहस हुँदै (खासखबर)

    काठमाडौं। सुशासन र राजनीतिक स्थायित्वका लागि भन्दै नेकपा एमाले र नेपाली कांग्रेसले सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गरेको छ। दुई दलबीचको राजनीतिक संयन्त्रको कार्यदलको संयोजन पालैपालो गर्ने सहमति समेत भएको छ।

    सरकार निर्माण भएको एकसय दिन नाघिसक्दा पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेपछि कांग्रेस एमाले सक्रिय बन्ने मूडमा पुगेको छ। आसन्न स्थानीय तहको उपनिर्वाचनमा समेत गठबन्धन गरेर जानेकी भन्ने छलफल भइरहेको छ ।

    यो उपनिर्वाचनमा सबै भन्दा बढी कांग्रेसका प्रतिनिधि रिक्त भएका छन्। रास्वपा पनि स्थानीय तहको निर्वाचनमा जाने भएपनि सत्तासीन दलहरुले नयाँ रणनीति अख्तियार गरिरहेका छन् ।

    संविधान संशोधनको मुख्य अभिभारा बाँकी रहेकोले एमाले–कांग्रेस रणनीति फरक बन्नसक्ने राजनीतिक विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीको भनाइ रहेको छ।दुई दलीय संयन्त्रले सत्ता सञ्चालनका निम्ति सुझाव र सहजता प्रदान गर्ने बताइएको छ।

    पछिल्लो समय निकै निकटजस्तो देखिएका कांग्रेस एमालेका आआफ्नै राजनीतिक स्वार्थ रहेका छन्।एमालेले नेकपा एकीकृत समाजवादी र माओवादीलाई पाखा लगाउनु छ भने अघिल्लो निर्वाचनमा आफ्नै भोट काटेको रास्वपालाई कांग्रेसले परास्त गर्ने रणनीति लिएको देखिन्छ ।

    यो उपनिर्वाचनमै तालमेल गरेर जानेसम्मका सहमति गर्न खोज्नुले यी विषयलाई प्रतिबिम्बित गरेको छ। राजनीतिक विश्लेषक डा. केपी शर्माले एमाले कांग्रेसको गठबन्धन बन्न सक्ने आंकलन गर्नुभयो ।

    दुई प्रतिस्पर्धी दलहरु एकठाउँमा उभिनुको खास उपलब्धि कांग्रेस एमालेले जनतालाई देखाउनुपर्ने चुनौति रहेको छ । त्यसका लागि पनि मुलुक र जनताको लागि उत्तरदायी बन्न आवश्यक देखिन्छ ।


    बिहिवार, कार्तिक २२ २०८१०८:२३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij