काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सवोच्चमा परेको रिटको सुनुवाइ जारी रहेको छ । करिब एक महिनाअघि हेर्दाहेर्दैमा राखिएको सो मुद्दाको पेसी आज तोकिएको थियो ।
गौतमविरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँचजना न्यायाधीशको संवैधानिक इजलासले हेरिरहेको र सुनुवाइ जारी रहेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदर गर्नुपर्ने र मन्त्री बन्न रोक्नुपर्ने माग गर्दै रिट हाल्नुभएको थियो ।
आजको सुनुवाइपछि गौतम मन्त्री बन्ने या नबन्ने भन्ने बाटो प्रस्ट हुनेछ ।