Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसद्वारा स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार टुंग्याउन गृहकार्य

कांग्रेसद्वारा स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार टुंग्याउन गृहकार्य

  • मंगलवार, कार्तिक २० २०८१

  • 469
    SHARES

  • कांग्रेसद्वारा स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार टुंग्याउन गृहकार्य

    काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार टुंग्याउन गृहकार्य अघि बढाएको छ ।

    कुनै दलसँग पनि चुनावी गठबन्धन नगरी एक्लै लड्ने निर्णय गरेको कांग्रेसले उम्मेदवार टुंग्याउनेबारे छलफल भइरहेको कांग्रेस स्थानीय तह समन्वय विभाग प्रमुख मधु आचार्यले बताउनुभयो ।

    उहाँले तल्लो समितिबाट नाम आज आएपछि भोलि उपनिर्वाचन संयोजन समितिको बैठक बस्ने जानकारी दिनुभयो । कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा स्थानीय तह उपनिर्वाचन २०८१ केन्द्रीय संयोजन समिति गठन गरेको छ ।

    उम्मेदवारबारे भोलि दिउँसो ३ बजे बस्ने बैठकले आवश्यक निर्णय लिने विभाग प्रमुख आचार्यले बताउनुभयो ।

    उपनिर्वाचन हुने अधिकांश क्षेत्र कांग्रेसले जितेको भएकाले आफ्नो क्षेत्र सुरक्षित गर्दै थप गर्नुपर्ने दबाबमा कांग्रेस छ । निर्वाचन संयोजन समितिमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य सदस्य र प्रकाश शर्मा सदस्य सचिव छन् ।

     


    मंगलवार, कार्तिक २० २०८१०२:१५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij