Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मुख्य पर्यटन सिजनमै पर्यटक आगमन उत्साहजनक रहेन

मुख्य पर्यटन सिजनमै पर्यटक आगमन उत्साहजनक रहेन

  • मंगलवार, कार्तिक २० २०८१

  • 483
    SHARES

  • मुख्य पर्यटन सिजनमै पर्यटक आगमन उत्साहजनक रहेन

    काठमाडौं । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९३ पर्यटक नेपाल आएका छन् । यो संख्या यसपालि अघिल्लो ‘पिक सिजन’ भन्दा कम हो ।

    नेपालको मुख्य पर्यटन सिजनमै पर्यटक आगमन उत्साजनक रहन सकेन । यसले सरकारको लक्ष्य प्राप्ति समेत कठिन हुने देखिएको छ ।त्यतिमात्र होइन, सन् २०१९ को यसै महिनाको तुलनामा समेत कम पर्यटक आएको बोर्डको तथ्यांकले देखाएको छ ।

    पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले लक्ष्य अनुसार पर्यटक नआउनुमा नेपालमा प्राकृतिक विपत्तिले असर गरेको बताए । यद्दपि, पदयात्रामा आउने पर्यटक आगमन भने सन्तोषजनक रहेको उहाँको भनाइ छ ।

    अक्टोबर २०१९ मा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल आएका थिए । अक्टोबर २०२३ मा १ लाख १७ हजार ३ सय ६ आएको तथ्यांक छ । यो महिना अघिल्लो वर्षको तुलनामा भने ६ प्रतिशत धेरै पर्यटक आएका छन् ।

    यो वर्ष १० महिनामा साढे ९ लाख पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार यो वर्ष सबैभन्दा धेरै मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटक आएका थिए । अप्रिलमा १ लाख ११ हजार ३ सय ७६ र अक्टोबरमा १ लाख २४ हजा ३ सय ९३ पर्यटक आएका थिए ।


    मंगलवार, कार्तिक २० २०८१०२:०६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij