Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

तिहार सकिएलगत्तै ओली नेतृत्वको सरकारलाई प्रतिपक्षी दलहरूको दबाब बढ्ने, सहकारीका समस्या समाधान गर्न दबाब (खास खबर)

तिहार सकिएलगत्तै ओली नेतृत्वको सरकारलाई प्रतिपक्षी दलहरूको दबाब बढ्ने, सहकारीका समस्या समाधान गर्न दबाब (खास खबर)

  • सोमवार, कार्तिक १९ २०८१

  • 554
    SHARES

  • तिहार सकिएलगत्तै ओली नेतृत्वको सरकारलाई प्रतिपक्षी दलहरूको दबाब बढ्ने, सहकारीका समस्या समाधान गर्न दबाब (खास खबर)

    काठमाडौं । तिहार सकिएलगत्तै केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रतिपक्षी दलहरूको दबाब बढ्ने देखिएको छ । कांग्रेस–एमाले नेतृत्वको सरकारको एकसय दिन पूरा हुँदापनि आधारभूत कामहरु हुन नसकेको भन्दै प्रतिपक्षी दल माओवादी, रास्वपा आक्रामक बन्दै गएका छन् । रास्वपाले पुनः मंगलबारबाट दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । पार्टी सभापति रवि लामिछानेको रिहाई र सहकारी बचतकर्ताहरुको रकम फिर्ताको माग राख्दै रास्वपा आन्दोलनरत रहको छ । तिहारको बीचमा उसले केही दिनका लागि आन्दोलन स्थगित गरेको थियो । अब केही दिनमा सदनको आह्वान गर्नुपर्ने सरकारलाई बाध्यता रहेको छ । यदि सरकारले आलटाल गरे विपक्षीहरुले संसदको विशेष अधिवेशनको आह्वान गर्ने बताइसकेका छन् । राजनीतिक विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीले अब संसद चलेपछि नयाँ हंगामा सिर्जना हुनेछ । 

    दुईतिहाई नजिकको सरकारलाई मुलुकको राजनीतिक अस्थिरताको अन्त्य र संविधान संशोधनको मुख्य जिम्मेवारी रहेको छ । तर, ससाना दलहरुलाई निषेध गर्ने नियतका साथ संविधान संशोधन गरे प्रतिपक्षी दलहरुले स्वीकार नगर्ने बताइसकेका छन् । उनीहरुले सहकारी पीडितको रकम चाँडो फिर्ता गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिएका छन् । खास सहकारी ठगहरुको सम्पत्ति राज्यले नियन्त्रणमा लिएर उनीहरुको सम्पत्ति रोक्का गरी बचत फिर्ता गर्नुपर्ने आवाज उठिरहेको छ । यता, सहकारी पीडितको हकमा सरकार गम्भीर हुनुपर्ने देखिन्छ । आर्थिक कारोबार अनियमिततामा थुनामै राखेर अनुसन्धान गर्न आवश्यक नरहेको वरिष्ठ अधिवक्ता प्राडा गान्धी पण्डितको भनाइ रहेको छ । 

    सरकार कुन–कुन दल मिलेर बने भन्नेले खासै अर्थ रहँदैन, सरकारले के गर्यो भन्ने विषय प्रधान रहन्छ । दुई ठूला दलहरूको मिलनलाई जनताले राजनीतिक उपलब्धिका रुपमा लिएपनि डेलीभरी देखिएको छैन । 

     


    सोमवार, कार्तिक १९ २०८१०८:२१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij