Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माधवकुमार नेपाल भेनेजुयला प्रस्थान

माधवकुमार नेपाल भेनेजुयला प्रस्थान

  • शनिवार, कार्तिक १७ २०८१

  • 872
    SHARES

  • माधवकुमार नेपाल भेनेजुयला प्रस्थान

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार भेनेजुयला प्रस्थान गर्नुभएको छ । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

    फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । उहाँलाई बिदाइ गर्न पार्टी नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

    अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

     


    शनिवार, कार्तिक १७ २०८१०३:५८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij