Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज बढ्यो सुनको मूल्य, पुग्यो कति ?

आज बढ्यो सुनको मूल्य, पुग्यो कति ?

  • बुधवार, कार्तिक २६ २०७७

  • 1.2K
    SHARES

  • आज बढ्यो सुनको मूल्य, पुग्यो कति ?

    काठमाडौं । सुनको मूल्य आज फेरि बढेको छ । प्रति तोला हिजो एकैदिन तीन हजारभन्दा बढीले घटेको सुनको मूल्य आज फेरि बढेको हो । आज तोलामा एक सय रुपैयाँले बढेर ९४ हजार नौ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज सुन तोलाको ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।  पाँच रुपैयाँले बढेर चाँदी तोलाको एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

    अमेरिकी चुनावको प्रभाव र विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोप बनेको खबरले सुनको मूल्यमा घटबढ भइरहेको महासंघको जनाएको छ ।


    बुधवार, कार्तिक २६ २०७७०१:१८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij