Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीका नेताहरूको कार्य विभाजन नहुँदा अन्यौलता, महाधिवेशनपछि चर्को असन्तुष्टि (खास खबर)

नेकपा एकीकृत समाजवादीका नेताहरूको कार्य विभाजन नहुँदा अन्यौलता, महाधिवेशनपछि चर्को असन्तुष्टि (खास खबर)

  • शुक्रवार, कार्तिक १६ २०८१

  • 508
    SHARES

  • नेकपा एकीकृत समाजवादीका नेताहरूको कार्य विभाजन नहुँदा अन्यौलता, महाधिवेशनपछि चर्को असन्तुष्टि (खास खबर)
    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरूको कार्य विभाजन नहुँदा अन्यौलता सिर्जना भएको छ । कार्य विभाजन नहुनु र नेतृत्वको स्वेच्छाचारी कारण भन्दै पार्टी विभाजनको डिलसम्म पुगेको छ । नेताहरूको कार्य विभाजनका लागि गठित कार्यदलले पनि समाधान निकाल्न सकेको छैन । पार्टी विभाजन ताका महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेता कार्यकर्ताहरूलाई उपेक्षामा पारिएको एक पङ्क्तिको भनाइ रहेको छ भने निर्वाचनमा पराजय भइसकेपछि नतिजा स्वीकार गर्नुपर्ने नेतृत्वको तर्क रहेको छ । नेता प्रकाश ज्वालाले महाधिवेशनपछि केही सन्नाटा छाएको बताउँदै केही असन्तुष्टिहरू देखिएकोले चाडै निष्कर्षमा पुग्ने बताउनुभयो । 
     
    असारमा दशौँ राष्ट्रिय महाधिवेशन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले चार महिनासम्म पनि विभिन्न विभाग, प्रदेश, जिल्ला र जनवर्गीय संगठनको इन्चार्ज तोक्न महिनौँ लगाउँदा नेता–कार्यकर्ताहरूले नेतृत्वको कार्यशैलीमाथि नै प्रश्न उठाइरहेका छन् । नेताहरूको कार्य विभाजन गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो । जसमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेताहरू डा. बेदुराम भुसाल, घनेन्द्र बस्नेत र प्रमेश हमाल तथा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल रहेका छन् । भदौयता कार्यदलको बैठक लगातार बसेपनि कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरूले बताउँदै आएका छन् । पार्टीका नेता जगन्नाथ खतिवडाले चाडबाडले कार्य विभाजनमा असर परेकोले तिहार लगत्तै टुङ्ग्याइने बताउनुभयो । 
     
    तिहारअघि नै कार्य विभाजनमा सहमति जुटाउने बताइएपनि सहमति जुट्न नसक्दा नेताहरूले कार्य विभाजनको भाका तिहार पछिलाई सारेका छन् । लामो समयसम्म जिम्मेवारीमा अन्यौलता हुँदा नेता, कार्यकर्ताहरू रनभुल्ल परेका छन् । पछिल्लो समय अध्यादेशको चर्चाका बीच नेकपा एस विचलित बनेको थियो । कांग्रेसको अडानका कारण उसलाई केही समय चैन भएको छ । 
     


    शुक्रवार, कार्तिक १६ २०८१०७:३३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij