Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ह्वाइट हाउसमा हिन्दू धर्मावलम्बीहरुको महान पर्व दिपावलीको अवसरमा दीप प्रज्वलन

ह्वाइट हाउसमा हिन्दू धर्मावलम्बीहरुको महान पर्व दिपावलीको अवसरमा दीप प्रज्वलन

  • शुक्रवार, कार्तिक १६ २०८१

  • 548
    SHARES

  • ह्वाइट हाउसमा हिन्दू धर्मावलम्बीहरुको महान पर्व दिपावलीको अवसरमा दीप प्रज्वलन

    काठमाडौं । विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा राष्ट्रपति निर्वाचनको अन्तिम दौड चलिरहेको बेला ह्वाइट हाउसमा हिन्दू धर्मावलम्बीहरुको महान पर्व दिपावलीको अवसरमा दीप प्रज्वलन तथा लक्ष्मी पूजा आयोजना भएको छ ।

    राष्ट्रपति भवनमा आयोजित दिपावलीमा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस पनि सहभागी थिइन् । ह्यारिस हिन्दू धार्मिक परिवारकी हुन् । राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावलीको उत्सव आरम्भ गरेका थिए ।

    दीपावलीमा करिव ६ सय जना दक्षिण एसियाली हिन्दू धर्मावलम्वी पाहुनाहरू सहभागी रहेको एजेन्सीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति चुनावमा हिन्दु मतदाताको पनि ठूलो जनसंख्या रहेकाले ह्वाइट हाउसमा यसपटक हिन्दूको मन जित्न दिपावलीको विशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

     


    शुक्रवार, कार्तिक १६ २०८१०३:१३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij